अन्तत अघि बढ्ने भयो तनहुँ सेती जलविद्युत आयोजनाको निर्माणकार्य

तनहुँ, १४ पुस ।
तनहुँ सेती जलविद्युत् आयोजनाको काम अघि बढ्ने भएको छ । आयोजनाको परामर्शदातालाई खारेज गर्ने उर्जा मन्त्रालयको निर्णय विवादमा परेपछि, समस्या समाधानको लागि प्रधानमन्त्री र शीर्ष नेताहरु सहित विभिन्न चरणमा भएको छलफलमा आयोजनालाई अघि बढाउने सहमति भएको हो ।
तनहुृँ र गण्डकी सहित यस सभासदहरु एवं विशेष गरी नेपाली काँग्रेसका उपभासभापति रामचन्द्र पौडेलले मुलुकले उर्जा सङ्कट भोगिरहेको अहिलेको अवस्थामा आयोजनाको कामलाई अघि बढाउन विभिन्न तहमा छलफल एवं प्रयासहरु अघि बढाएका थिए ।
कुल १४० मेगावाट क्षमताको आयोजनाका बारेमा उपसभापति पौडेलले आइतबार पनि नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । नेकपा एमालेका अध्यक्ष ओलीले विकास निर्माणका कामलाई अघि बढाउन आफु सकारात्मक रहेको र तनहुँ सेती जलविद्युत आयोजनको कामलाई अघि बढाउन उर्जा मन्त्री राधा ज्ञवालीलाई आग्रह गरिसकेको जानकारी गराएका थिए ।
ऊर्जा मन्त्रालयले आयोजनाको परामर्शदाताको अनुमतिपत्र खारेज गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी गरेपछि लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) असन्तुष्ट बन्दै आएको तथ्य सार्वजनिक भएको थियो । ऊर्जाले यही पुस ४ गते परामर्शदाता जर्मन कम्पनी ल्यामेयरको अनुमतिपत्र खारेज गरी नयाँ प्रक्रिया सुरु गरेको जनाएको थियो ।

Comments are closed.