रहेनन् शिक्षासेवी पौडेल

पोखरा, १२ पुस
पोखराका शिक्षासेवी टंकनाथ पौडेलको निधन भएको छ । पोखरा उपमहानगरपालिका वडा नम्बर—१९ घार्मी तल्लाथर निवासी पौडेलको ६७ वर्षको उमेरमा उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
३७ बर्षसम्म शिक्षण पेशामा आबद्ध पौडेलले २०२८ साल बैशाखदेखि नदीपुरस्थित ज्ञानभूमि निमावि बाट शिक्षण पेशामा संलग्न भै २०६५ सालमा सेवाबाट अवकाश लिएका थिए । महेन्द्र मा.वि घार्मीमा १३ वर्ष अध्यापन गराएका पौडेल विगत ३ बर्षदेखि उच्च रक्तचाप र पायल्स रोगबाट पीडित थिए ।
पौडेलको आजै स्थानिय गोस्तेघाटमा अन्त्येष्टि गरिएको छ । पौडेललाई जेठा छोरा रविन्द्र पौडेलले दागबत्ती दिएका थिए । उनका आमा, एक श्रीमती, २ छोरा र ३ छोरी छन् । केही समय काँग्रेसको राजनीतिमा समेत सक्रिय रहनुभएका पौडेललाई अन्तिम श्रद्धाञ्जली दिन स्थानियवासी, आफन्त तथा काँग्रेसका स्थानिय नेताहरु गोस्तेघाट पुगेका थिए ।

Comments are closed.