माघ २ देखि ४ गतेसम्म पोखरामा त्हेँ थेवा हुने

पोखरा, १७ पुस-
पोखरा वडा नं. २८ अर्मलाकोटस्थित ङ्होल्ह्रो कोन्मे खे पना प्रतिष्ठान कास्कीले माघ २ गतेदेखि ४ गतेसम्म पोखरामा त्हें थेवा ग्रहशान्ति तथा पितृ उद्धार महायज्ञ गर्ने भएको छ ।
उदार हृदयले दान गरौं, ग्रहशान्ति र पितृको उद्धार गरी आफ्नो सँस्कृति जोगार्औ मुल नाराका साथ पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालको प्राङ्गण हुने त्हें थेवामा तमु जातिको खेगीहरु पच्यु गुरुबाट त्हलिँ ह्राब त्हेँ, क्ल्हेब्री गुरुबाट सादे थेबा त्हेँ र लामा गुरुबाट ताना कोइस्यों त्हेँ गर्ने कार्यक्रम रहेको विहीवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका सचिव दिलबहादुर गुरुङले जानकारी दिए ।
त्हें थेवामा पच्यु गुरु कुलप्रसाद क्रोम्छै गुरुङ, क्ल्हेप्री गुरु जसबहादुर टु गुरुङ र लामा गुरु आचार्य थुप्तेन येसे गुरुङ (सिर लामा)ले ग्रहशान्ति तथा पितृ उद्धार त्हेँ गर्नेछन् भने त्हेँ थेवाको वरिष्ठ सँस्कृति प्राज्ञ डाक्टर जगमान क्ह्रोगी लामा गुरुङले उद्घाटन गर्नेछन् ।
खे पनाद्धारा अर्मलाकोटमा निर्मित पहिलो बासस्थान जिर्ण हुदै गएकाले उक्त घरलाई गुरुङ सँस्कृतिक झल्कने गरी खे पना स्मृति भवन निर्माण गर्न, खे पनाको नाउँमा अक्षकोष स्थापना गरी गरिब तथा जेहेन्दार सन्ततिलाई उच्च शिक्षामा प्रोत्साहन गर्न र तमु भाषा, सँस्कृति, धर्म, भेषभुषाको संरक्षण संवद्र्धन र विकासका साथै ग्रहशान्ति, पितृउद्धार गरी मान जातिको कल्याणका लागि त्हेँ थेवा आयोजना गरिएको पत्रकार सम्मेलनमा सचिव गुरुङले जानकारी दिए ।
करिब एक करोड दान संकलन गर्ने योजना रहेको त्हें थेवाका अगावै करिब ३० लाख रुपैया दान घोषणा भईसकेको प्रतिष्ठानका सहसचिव तेजबहादुर गुरुङले जानकारी दिए ।

Comments are closed.