-नवराज ढुङ्गाना
पोखरा, १२ पुष-
स्याङ्जाको विचारीचौताराका भिमप्रसाद पौडेलले जे सोचेका थिए, त्यसको ठ्याक्कै विपरित भयो । गत सोमबार गर्भवती श्रीमती मञ्जुसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट पोखरा पुगेका उनको अनुमान आगामी परिस्थिती सहजै होला भन्ने थियो ।
बच्चा नजन्मिएपछि प्रसुती रोग बिशेषज्ञ निरज कुमार दुवे नेतृत्वको टोलीले बिहीबार बिहान ७ बजे प्रसुती व्यवथा लाग्ने ईन्जेक्सन लगाईदिए । ईन्जेक्सन लगाउने बेलासम्म पेटमा चलिरहेपनि जन्मँदा मृत शिशु जन्मियो ।
गर्भवती भएको पहिलो महिनाबाटै नियमित चिकित्सकको सम्पर्कमा रहिरहेकाले आमा र बच्चा दुवैको स्वास्थ्यमा प्रश्न गर्ने ठाउँ पनि थिएन । हरेक पटकको जाँचमा चिकित्सकले मञ्जुको स्वास्थ्यमा कुनै समस्या नरहेकाले आत्तिनु नपर्ने बताईरहेका थिए । तर चिकित्सकले सुत्केरी हुनका लागि दिएको मितिमा बच्चा जन्मिने कुनै छाँटकाँट भने देखिएको थिएन । चिकित्सकले मञ्जुलाई सुत्केरी हुने मिति पुस २ गते दिएपनि अवस्था सामान्य नै भएकाले पौडेल दम्पत्ती पुनः ३ गतेमात्रै अस्पताल पुगे । चेकजाँच फेरी भयो । आमा र बच्चा दुवैको अवस्था सामान्य नै रहेको रिपोर्ट चिकित्सकले थमाईदिए ।
“डेट कटेपनि आजै बच्चा हुने जस्तो देखिँदैन, ३/४ दिनपछि आउनुस्, त्यसपछि भर्ना गरेर राख्नुपर्छ ।” चिकित्सकको भनाई उदृत गर्दै भीमप्रसादले भने ।
त्यसपछि, उनी श्रीमतीलाई साथै लिएर घर फर्किए । त्यसको चारदिनपछि मात्रै अस्पताल पुगेका उनले सिधै ईमरजेन्सीमा गएर टिकट काटेपछि, श्रीमतीलाई प्रसुती वार्डमा लगेर भर्ना गरे ।
चिकित्सकले दिएको मिति गुज्रेको पाँच दिन भैसकेको थियो । भर्ना भएकै दिन नर्स र चिकित्सकले अझै केही दिन आफैं बच्चा नजन्मिए शल्यक्रिया गरेर निकाल्नुपर्ने बताएका थिए । पटकपटकको चेकजाँचमा आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको रिपोर्ट आईरहेकाले श्रीमतीको शल्यक्रिया गरेर नै बच्चा निकाल्नुपरे पनि अवस्था समान्य रहनेमा भीमप्रसाद ढुक्क थिए । गत सोमबार अस्पताल भर्ना गरेपनि बिहीबारसम्म मञ्जुले बच्चा जन्माईनन् । बच्चा नजन्मिएपछि प्रसुती रोग बिशेषज्ञ निरज कुमार दुवे नेतृत्वको टोलीले बिहीबार बिहान ७ बजे प्रसुती व्यवथा लाग्ने ईन्जेक्सन लगाईदिए । ईन्जेक्सन लगाउने बेलासम्म पेटमा चलिरहेपनि जन्मँदा मृत शिशु जन्मियो । भीमप्रसादकी श्रीमती मञ्जुले दुखेसो पोखिन्– “नर्सले ईन्जेक्सन लगाईदिने बेलासम्म पेटमा चलेको थाहा पाएकी थिएँ । तर पछि भने यस्तो भएछ ।”
विगत पाँचबर्षदेखि पोखरामा गाडी चलाउने पेशा गर्दै आएका भीमप्रसादले चिकित्सक र नर्सको खेलाँचीका कारण सन्तानको पिता बन्ने सपना तुहिएको गुनासो गरे । “हाम्रा कुरा सुनिदिने कोही भएनन् । डाक्टर र नर्सले आफ्नो गल्ती कुनैपनि हालतमा नभएको भन्दै घटनालाई गुपचुप राख्न खोजे ।” उनी प्रश्न गर्छन्– “डेलिभरी हुनुभन्दा १५ मिनेटसम्म पेटमा जिउँदै भएको बच्चा जन्मिँदा कसरी मर्न सक्छ ?”
केहीबेरअघिसम्म बच्चाको अवस्था समेत राम्रो रहेको बताईरहेका चिकित्सकले मृत शिशु जन्मेपछि, कुरा फेरेको भीमप्रसादले बताए । “उनीहरु बच्चाको स्वास्थ्यमै समस्या रहेको भन्दै पन्छिन खोजे ।” उनले भने– “मैले के कारणले मृत्यु भएको हो त्यसको कारण माग गरेँ । बच्चाको शव बुझ्न दवाव दिईरहेका थिए तर मैले मानिन ।”
विगत पाँचबर्षदेखि पोखरामा गाडी चलाउने पेशा गर्दै आएका भीमप्रसादले चिकित्सक र नर्सको खेलाँचीका कारण सन्तानको पिता बन्ने सपना तुहिएको गुनासो गरे । “हाम्रा कुरा सुनिदिने कोही भएनन् । डाक्टर र नर्सले आफ्नो गल्ती कुनैपनि हालतमा नभएको भन्दै घटनालाई गुपचुप राख्न खोजे ।” उनी प्रश्न गर्छन्– “डेलिभरी हुनुभन्दा १५ मिनेटसम्म पेटमा जिउँदै भएको बच्चा जन्मिँदा कसरी मर्न सक्छ ?”
उनले चिकित्सकमाथी आक्रोश पोखे– “डाक्टरसाब तपाईंको बच्चा पनि यसैगरी मरे तपाईं के गर्नुहुन्छ ?”
चिकित्सकले ईन्जेक्सन लगाउनुअघि सबै ठीक भएपनि गलत ईन्जेक्सनका कारण बच्चाको मृत्यु भएकाले उचित छानविन हुनुपर्ने उनले माग राखेका छन् । शुक्रबार दिउँसो अस्पताल प्रशासन, चिकित्सक र पीडित पक्षबीच छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएपछि, भीमप्रसाद र उनका आफन्तले सबैको सल्लाहमा मृत बच्चाको शव बुझेका थिए ।
गल्ती र लापरवाही भएको छैन– अस्पताल प्रशासन
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट श्रीकृष्ण श्रेष्ठले भने शिशुको मृत्यु हुनमा चिकित्सकको कुनै गल्ती र लापरवाही नरहेको बताएका छन् ।
“बिहान सात बजे जाँच गर्दा बच्चाको अवस्था राम्रो थियो ।” उनले भने– “साढे ७ बजे अर्को पटकको जाँचमा पेटभित्रै मरेको देखियो ।” परिक्षणका क्रममा बच्चाले पेटभित्रै दिशा गरेको भेटिएकाले मृत्युको कारण यहि भएको उनको दावी छ । “प्रसूती अघि सबै मोनिटरिंग राम्रै भएको पाईएको छ । अकस्मात् भएकाले यो घटनालाई भवितव्य नै मान्नुपर्छ । कहिलेकाहीँ यस्ता केशहरु देखा पर्छन् ।” उनले भने । प्रसूती अघि गर्भवती महिलालाई दिईने ईन्जेक्सनका कारण बच्चाको मृत्यु भएको भन्नु गलत भएको उनले बताए ।
“पाठेघर खुम्च्याउनका लागि दिईने ‘अक्सि प्रोसिन’ नामक ईन्जेक्सन सबैलाई प्रयोग गरिन्छ ।” उनले भने– “यसको असरले बच्चाको मृत्यु भएको होईन ।” परिक्षणका क्रममा यो ईन्जेक्सनको साईड ईफेक्ट समेत नदेखिएको उनले बताए ।
Comments are closed.