यामाहा एफजेडएस मोटरसाइल बजारमा

पोखरा, पुस १४ गते ।
यामाहा मोटरसाइकल एम.ए. डब्लु इन्टरप्राइजेजको पोखराको आधिकारीक बिक्रेता विक्वकर्मा अटो वक्र्सले यामाहा एफजेडएस एफआई भर्सन २.० र यामाहा एफजेड एफ आई भर्सन २.० मोटरसाइकल पोखरामा सार्वजनिक गरेको छ ।
मोटरसाइकलको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली र राष्टिय भलिबल खेलाडि तथा नायिका सिपोरा गुरुङले संयुक्त रुपमा गरे । बजारमा यामाहाको नयाँ मोटरसाइकल गुणस्तरीय रहेको र इन्जित क्षमता उच्च भएकाले मोटरसाइकल रामं्रो माइलेज र उच्च पिकअप दिने कम्पनीले बताएको छ । एफजेडएस एफआई भर्सन २.० मोटरसाइकल अन्याधुनिक र उच्च प्रविधि युक्त १४९ सीसीको ब्लु स्कोर फ्युल इन्जेक्टेड इन्जिन जडान गरिएको छ । ब्लु कोर टेक्नोलोजि यामाहाको नेक्सष्ट जेनेरेसन इन्जिन जडित रहेको कम्पनीले जनाएको छ । ब्लु कोर इन्जिनले विशेष गरि सर्वाधिक पिकअप क्षमता प्रदान गर्ने, इन्चन बचाउ गर्ने र मोटरसाइकल चलाउदा चालकलाई आनन्द र सुरक्षित महशुस गराउनुका साथै वातावरण अनुकुलित रहेको बताइएको छ । प्रोपाइटर सरोज श्रेष्ठका अनुसार ब्लु कोर इन्जिन जडान भएकाले यामाहाको नयाँ मोटरसाइकलले सर्वाधिक पिकअप र कम इन्धन खपत गरि आनन्ददायी यात्राको अनुभव दिएर मोटरसाइकल प्रयोगकर्ताहरु बीच लोकप्रिय हुने विश्वास ब्यक्त गरेको छ ।
नयाँ मोटरसाइकल सार्वजनीकसंगै टेष्ट राईडग गरे वापत ग्राहकहरुले एन सेलको रिचार्जकार्ड उपहार स्वरुप प्राप्त गर्ने छन भने एक भाग्यशाली टेष्ट राईड गर्ने ग्राहकलाई एक थान ३२ इन्चको एलसिडि टिभी उपहार प्रदान गरिनेछ । यो योजना पोखराको लागी मात्रै लागु गरिएको वक्र्सले जनाएको छ । साथै नेपाल भर टेष्ट राईड गर्ने मध्यबाट लक्की ड्र मार्फत बम्पर उपहार अन्र्तगत २ थान आई फोन ६ उपलब्ध गराइने कम्पनीले जनाएको छ । बजारमा आएको नयाँ मोटरसाइकलको तौल १ सय ३२ किलो ग्राम रहेका र जुन सबैभन्दा हलुका रहेको छ । जसमा इको इन्डिकेटर सहितको डिजिटल मिटर जडान गरिएको छ ।
एफेजेडएसमा डिजिटल एलसीडि स्पिडोमिटर, ट्रिप मिटर र फ्युल गज स्पष्ट देखिने गरि राखिएको छ । चालकको सुरक्षालाई ध्यानमा राखेर मोटरसाइकलमा २६७ एमएम हाइड्रोलिक डिस्क ब्रेक र पछाडिको लागी ड्रम ब्रेक जडान गरिएको छ । कम्पनीले यो मोटरसाइकल २ वर्ष वा ३० हजार कि.मी वारेन्टी र ८ वटा फ्रि सभिसिङ्ग उपलक्ध रहेको जनाएको छ ।

Comments are closed.